२२ बैशाख, २०८१ शनिबार

03:07:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंककमा बिग्रीएको नेपाल एयरलाइन्सको जहाज काठमाण्डौ ल्याइयो

२४ चैत, २०७८

निगमका अनुसार आरए–४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो ।

बैंककमा बिग्रीएको नेपाल एयरलाइन्सको जहाज काठमाण्डौ ल्याइयो

काठमाण्डौं । एक हप्ता अगाडी थाइल्याण्डको बैंककमा धावनमार्गमा गुडिसकेको अवस्थामा अकस्मात ब्रेक लगाउँदा पांग्रा पन्चर भएपछि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको जहाज आवश्यक मर्मतपछि काठमाडौं ल्याइएको छ ।

निगमका  अनुसार आरए–४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो । त्यसपछि पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए । १४१ जना याुत्रलाई ४ अप्रिलमा अर्को जहाज पठाएर काठमाडौं ल्याइएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए । आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो । मर्मत सम्पन्न भएको (एनएकेडब्लू) जहाज बुधबार काठमाडौं अवतरण गरेको हो ।

 यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निगमले एक समिति समेत गठन गरेको छ ।