७ मंसिर, २०८१ शुक्रबार

05:19:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चिलीमा उदायो विश्व चकित पार्ने युवा नेतृत्व ३५ वर्षमा राष्ट्रपति, सम्भव छ

५ पुस, २०७८

बामपन्थी उम्मेद्वार गेब्रिएलले अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई हराएका हुन । विश्ककै कम उमेरका नेताहरुमध्ये ३५ वर्षीय बोरिक पनि पर्छन् ।

चिलीमा उदायो विश्व चकित पार्ने युवा नेतृत्व ३५ वर्षमा राष्ट्रपति, सम्भव छ

पौष ५, एजेन्सि, 

चिलीमा ३५ बर्षका गेब्रिएल बोरिक राष्ट्रपतिमा विजयी भएका छन् । बामपन्थी उम्मेद्वार गेब्रिएलले अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई हराएका हुन । विश्ककै कम उमेरका नेताहरुमध्ये ३५ वर्षीय बोरिक पनि पर्छन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित भएका छन् । एन्टोनियो कास्टले मत गणना आधा बाँकी रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।

सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो । दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।

 

बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।