१० मंसिर, २०८१ सोमबार

01:02:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मकवानपुरमा धान उत्पादन बढ्यो

Nepal Business

५ पुस, २०७८

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकोमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिनुभयो । यस वर्ष दुई हजार २ सय ५७ मेट्रिकटन उत्पादन बढेको हो ।

मकवानपुरमा धान उत्पादन बढ्यो


काठमाण्डौं, पुस ५
मकवानपुरमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । 
जिल्लामा कूल १३ हजार ४ सय  २० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेका छ । उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १ सय ९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५ सय १३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताउनुभयो ।  
गतवर्ष ४४ हजार ४० मेट्रिकटन  उत्पादन भएकोमा यसवर्ष ४६ हजार ६ सय ७७ मेट्रिकटन  उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिनुभयो । यस वर्ष दुई हजार २ सय ५७ मेट्रिकटन उत्पादन बढेको हो ।
आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।  
जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९सय २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ  
हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई  हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।