७ जेठ, २०८१ सोमबार

07:38:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले थप ३२५ मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा बेच्ने

२३ चैत, २०७८

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनु भएको हो।

नेपालले थप ३२५ मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा बेच्ने

काठमाण्डौं । भारत सरकारले नेपाललाई थप ३२५ मेगावाट बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनु भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३  र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको डे अहेड मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको स्रोतको भनाइ छ । यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।