२१ माघ, २०८१ सोमबार

10:47:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्बपतिहरुको सूचीमा विनोद चौधरी १९२९ औं स्थानमा, सम्पति १.५ बिलियन डलर

२३ चैत, २०७८

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ।

अर्बपतिहरुको सूचीमा विनोद चौधरी १९२९ औं स्थानमा, सम्पति १.५ बिलियन डलर

 काठमाण्डौं ।  विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा पर्नुभएको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख गरिएको छ । उहाँको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको बुझिएको छ ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ।

सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा पनि उहाँको लगानी छ ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

यसैगरी सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उहाँको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो। त्यसपछि सन् २०२० मा घटेको उहाँको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उहाँको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।