७ बैशाख, २०८१ शुक्रबार

09:46:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसानी गर्न किन खाडी पस्ने ?

Nepal Business

५ पुस, २०७८

जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत “नमूना कृषि गाउँ, आफैँ बनाऔँ” भन्ने कार्यक्रम कार्यान्वयनमा आएको हो ।

किसानी गर्न किन खाडी पस्ने ?


काठमाण्डौं, पुस ५
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले “नमूना कृषि गाउँ, आफैँ बनाऔँ” भन्ने कार्यक्रम कार्यान्वयनमा आएको बताउनु भएको छ । उहाँले किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ जस्ता नारालाई उच्च प्राथमिकता दिनु भएको छ ।  
जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत “नमूना कृषि गाउँ, आफैँ बनाऔँ” भन्ने कार्यक्रम कार्यान्वयनमा आएको हो ।
कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पु¥याउने बताउनुभयो । त्यसैगरी जिल्लामा कृषि क्षेत्रले फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।

कार्यक्रमका सहभागी किसानले सडक सञ्जालले नछोएको सिंचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाब, किसानको माग चाहान आवश्यकता अनुसार नभएर माथी बाटै सिधै योजना आउने गरेका कारण पनि समस्या हुँदै आएकोे गुनासो राखेका थिए ।