२१ बैशाख, २०८१ शुक्रबार

03:29:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

Nepal Business

५ पुस, २०७८

एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।

 खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन


काठमाण्डौं, पुस ५
मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको  कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो ।  एशियाली विकास बैंकको  सहयोगमा  चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो  । 
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाको  प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट  १२ लाख १ हजार ८ सय ८७ खोप आउन लागेको थियो । 
भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्र खोप आउन लागेको छ । कोभ्याक्स सुविधा अन्तर्गत कतार एयरवेजबाट सोमवार उतm खोप नेपाल आइपुग्ने प्रमुख  चौरसियाले बताए । नेपालमा ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० मात्र खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार  १ सय ९ खोप लगाइसकिएको छ ।