२ जेठ, २०८१ बुधबार

08:24:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आयात-निर्यात खाडल : वैदेशिक आयात रु १३ खर्ब आठ अर्ब, निर्यात एक खर्ब ४७ अर्ब

Nepal Business

२२ चैत, २०७८

निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको अर्थ मन्त्रालयले जनाएको छ

आयात-निर्यात खाडल : वैदेशिक आयात रु १३ खर्ब आठ अर्ब, निर्यात एक खर्ब ४७ अर्ब

काठमाडौँ, 
फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब, आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । 
निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको भन्दा केही सुधार भएको  भए पनि आयात निर्यातको खाडल चुलिँदै रहेको जनाइएको छ । 

फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उहाँले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले यसबाट कूल वैदेशिक व्यापारको हिस्सामा १० दशमलव ४१ प्रतिशत हुनु न्यून हो भन्नुभयो । कोभिड–१९ ले एउटा शिक्षा दिएको समयमा रुस र युक्रेनको युद्धले पनि नेपाली अर्थतन्त्रमा गहिरो रुपमा चुनौती थपिएको मन्त्री शर्माको भनाइ थियो । 

फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उहाँले उल्लेख गर्नुभयो ।

केही चुनौती आउन सक्छन् भनेर सतर्कता अपनाएको उहाँले बताउनुभयो । रेमिट्यान्स चार प्रतिशत ऋणात्मक रहेकामा अहिले ३ प्रतिशत धनात्मकमा आएको उहाँले जानकारी दिनुभयो ।

चोभार सुक्खा बन्दरगाहको मंगलबार उद्घाटन समारोहमा उहाँले यसलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । 
रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उहाँले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मंगलबाट उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरु यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । 

बन्दरगाह मंगलबार उद्घाटन भएसँगै सडकमार्फत सिधैँ समुद्रबाट काठमाडौँ जोडिएको र यसले व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास छ । मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पार्नुभयो ।