७ जेठ, २०८१ सोमबार

10:48:33 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ अर्ब ८० करोड लागतमा निर्मित चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा

Nepal Business

२२ चैत, २०७८

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो ।

१ अर्ब ८० करोड लागतमा निर्मित चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा

काठमाण्डौं । काठमाण्डौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह मंगलबारबाट सञ्चालनमा आएको छ । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गर्नु भएको छ । २०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । 

 विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । 

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।