२१ माघ, २०८१ सोमबार

10:37:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल सरकारको ढुकुटीमा ३७ अर्ब मात्रै बचत

२२ चैत, २०७८

खर्च शीर्षक मध्ये सबैभन्दा धेरै चालु शीर्षकमा खर्च भएको छ। यो शीर्षकमा ५ खर्ब ८२ अर्ब खर्च भएको छ।

नेपाल सरकारको ढुकुटीमा ३७ अर्ब मात्रै बचत

काठमाण्डौं । चालु आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले ७ खर्ब ७८ अर्ब प्राप्ति गरेको छ । यो रकम सरकारले अनुदान राजस्व गैरराजस्व शीर्षकमा प्राप्ति गरेको हो । 

सरकारले सबैभन्दा धेरै राजस्व शीर्षकबाट ६ खर्ब ६७ अर्ब संकलन गरेको छ । यसैगरी गैरकर शीर्षकबाट ५८ अर्ब ३४ करोड र अनुदानबाट १३ अर्ब ८८ करोड प्राप्ति गरेको छ । 

सरकारको आम्दानी र खर्चको हिसाब गर्दा ढुकुटीमा ३७ अर्ब मात्रै बचतमा रहेको छ । यो बचत घट्दै गएमा सरकारले आन्तरिक ऋण उठाई खर्च गर्नेछ । 

खर्च शीर्षक मध्ये सबैभन्दा धेरै चालु शीर्षकमा खर्च भएको छ। यो शीर्षकमा ५ खर्ब ८२ अर्ब खर्च भएको छ। यस्तै विकास खर्चतर्फ ९४ अर्ब १९ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ६५ अर्ब खर्च भएको छ।