२१ माघ, २०८१ सोमबार

10:27:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रेस काउन्सिलद्वारा थारु भाषाको पत्रकार आचारसंहिता प्रकाशित

Nepal Business

२१ चैत, २०७८

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताउनुभयो । यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

प्रेस काउन्सिलद्वारा थारु भाषाको पत्रकार आचारसंहिता प्रकाशित

दाङ

प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ । प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको आयोजना गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताउनुभयो । यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल ९नेवारी० भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा आचारसंहिता बनाएको बताउनुभयो । यसअघि काउन्सिलले नेपाली, मैथली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ ।

त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताउनुभयो । 

थारुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको उहाँको भनाइ थियो । उहाँले उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी रहेको बताउनुभयो । 

पत्रकारिता क्षेत्र समाजको ऐना भएको भन्दै उहाँले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताउनुभयो । 

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृति हस्तान्तरण हुँदै जानुपर्ने भए पनि लोप हुँदै जान थालेको देखिएको बताउनुभयो । 

बाह्य संस्कृतिको अनुसरण गर्नुले पनि भाषा र संस्कृतिमा चुनौती थपिएको उहाँको भनाइ छ ।