१५ बैशाख, २०८१ शनिबार

11:19:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेशसभामा आर्थिक कार्यविधिसहितका तीन विधेयक प्रस्तुत

Nepal Business

२१ चैत, २०७८

खानेपानी, पुल जस्ता आधारभूत आवश्यकताका योजनामा रहेको बजेटलाई सरकारले रकमान्तर गरेको

प्रदेशसभामा आर्थिक कार्यविधिसहितका तीन विधेयक प्रस्तुत

गण्डकी,

गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएको छ । 

बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक र गण्डकी प्रदेशको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा समक्ष प्रस्तुत गर्नुभयो 

बैठकको विशेष समयमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले खानेपानी, पुल जस्ता आधारभूत आवश्यकताका योजनामा रहेको बजेटलाई सरकारले रकमान्तर गरेको बताउनुभयो । 

अर्का सदस्य धनमाया पोखरेल विधि र प्रक्रिया बाहिर गएर रकमान्तर गरिएको भन्दै विरोध गर्नुभयो । गोरखाका विभिन्न सडक बजेटको अभावमा अलपत्र परेको उहाँले ध्यानाकर्षण गराउनुभयो । 

मनबहादुर गुरुङले गत वर्षातका बाढी पीडितले अझै राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बढ्दो महँगीका कारण जनता पीडित बनेको बताउनुभयो ।

बैठकको शून्य समयमा कृष्णबहादुर थापा, भागवत प्रकाश मल्ल, रोशनबहादुर गाह र चन्द्रमोहन गौतमले समसामयिक विषयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।