७ जेठ, २०८१ सोमबार

05:31:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काँग्रेस केन्द्रीय सदस्य ३५ जनामा कस्ले कति मत ल्याए ? (सूचिसहित)

Nepal Business

४ पुस, २०७८

काँग्रेस केन्द्रीय सदस्य ३५ जनामा कस्ले कति मत ल्याए ?  (सूचिसहित)

पौष ४, काठमाण्डौ 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य खुला ३५ सिटको मतगणना आज सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

त्यसपछि क्रमशः एनपी साउद ९२,९३७०, बालकृष्ण खाँण ९२,८७९०, उदयशम्शेर राणा ९२,८४३०, रामहरि खतिवडा ९२,८३२०, ज्ञानेन्द्रबहादुर कार्की ९२,८२००, रमेश लेखक ९२,७८००,  शङ्कर भण्डारी ९२,७६८०, जीपछिरिङ लामा ९२,७०२०, अर्जुननरसिंह केसी ९२,६५००, जीतजङ्ग बस्नेत ९२,५५७०, गोपालमान श्रेष्ठ ९२,५३८०, मोहनबहादुर बस्नेत ९२,४७६०, सुनिलबहादुर थापा ९२,४७२० तथा नैनसिंह महर ९२,४६७० मतका साथ निर्वाचित हुनुभएको छ ।

यसैगरी दिलेन्द्रप्रसाद बडू ९२,४४१०, डा रामशरण महत ९२,४३४०, बलबहादुर केसी ९२,३८८०, गोविन्द भट्टराई ९२,३५००, कुन्दनराज काफ्ले ९२,२७९०, दिपक गिरी ९२,२६५०, सुरेन्द्रराज पाण्डे ९२,२०१०, पद्मनारायण चौधरी ९२,०३८०, राजिव ढुङ्गाना ९१,८९६०, गुरु बराल ९१,८७००, संजयकुमार गौतम ९१,८६७० प्रा डा गोविन्दराज पोखरेल ९१,८४३०, मदनबहादुर अमात्य ९१,८३००, अजयबाबु शिवाकोटी ९१,८११०, गणेश लामा ९१,७८२०, दिनेश कोइराला ९१,७८१०, उमेशजङ्ग रायमाझी ९१,७७६०, इन्जिनियर मोहन आचार्य ९१,७५१०, डा गोपाल दहित ९१,७१०० र कृष्णकिशोर घिमिरे ९१,७०७० मतसहित निर्वाचित हुनुभएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिनुभएको थियो । 

 

पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।