२१ माघ, २०८१ सोमबार
10:56:10 AM
२१ चैत, २०७८
बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो ।
काठमाडौँ,
निर्वाचन आयोगमा आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक भएको छ ।
आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा सोमबार भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा सोमबार भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो ।
निर्वाचन सुरक्षा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुरूप भएको बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसमेत सहभागी हुनुहुन्थ्यो ।