२६ जेठ, २०८२ आइतबार
05:01:50 AM
२१ चैत, २०७८
औसतमा प्रत्येक महिना ४१ हजार २८० जनाले श्रम स्वीकृति लिएको देखिन्छ ।
काठमाण्डौं । कोरोना महामारीको बन्दाबन्दीसँगै सुस्ताएको वैदेशिक रोजगारले केही महिना अगिदेखि गति लिन थालेको छ । यस वर्ष सुरु भएयता फागुनसम्म वैदेशिक रोजगारीमा जानको लागि साढे चार लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।
पछिलो ११ महिनामा कुल चार लाख ५४ हजार ७० जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।
विभागले २०७८ वैशाखदेखि फागुन मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको जनाएको छ । कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या पहिलेकै अवस्थामा पुगेको छ, वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताउनु भयो ।
उहाँकाअनुसार पछिलो ११ महिनामा कुल चार लाख ५४ हजार ७० जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् ।
सो समयमा औसतमा प्रत्येक महिना ४१ हजार २८० जनाले श्रम स्वीकृति लिएको देखिन्छ । अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको सङ्ख्या बाँकी एक महिनामा पनि बढ्यो । यो वर्ष करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।
विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा चार हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५ , माघमा ५४ हजार ४७० र फागुन महिनामा ५३ हजार ४५७ ले श्रम स्वीकृति लिएका छन् ।