२१ माघ, २०८१ सोमबार

10:56:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति विद्यादेवी भण्डारीबाट काष्ठमण्डपको उद्घाटन

Nepal Business

२१ चैत, २०७८

वि.सं २०७२ सालको भुकम्पले क्षती पुर्याएको काष्ठमण्डप भर्खरै पुनर्निर्माण सम्पन्न भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट काष्ठमण्डपको उद्घाटन

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गर्नु भएको छ । वि.सं २०७२ सालको भुकम्पले क्षती पुर्याएको काष्ठमण्डप भर्खरै पुनर्निर्माण सम्पन्न भएको थियो ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै सोमबार मूर्ति स्थापना गरी उद्घाटन कार्यक्रम राखियो । जसको उद्घाटन राष्ट्रपति  विद्यादेवी भण्डारी स्वयंले गर्नु भएको छ ।