७ जेठ, २०८१ सोमबार

03:40:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमसिसी विवाद टुंग्याउन सत्तागठबन्धनले बनायो कार्यदल, कोको परे पुरा पढ्नुहोस्

Nepal Business

४ पुस, २०७८

एमसिसी विवाद टुंग्याउन सत्तागठबन्धनले बनायो कार्यदल, कोको परे पुरा पढ्नुहोस्

काठमाडौँ, ४ पुस ।

आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक अघि सत्ता गठबन्धन दलको बैठक बस्यो । विगत लामो समयदेखि छलफल भएको तर कोमामा जस्तै रहेको एमसिसीको विषय आईतबारबाट थप तातेको छ । अझै गठबन्धन दलले त्यस विषयमा छलफल गरी निष्कर्ष पुर्याउनका लागि कार्यदल नै गठन गरेपछि भने अब गति लिने हो की भन्ने अनुमान गर्न सकिन्छ तर सत्ताधारी दलहरुबीच नै एमसीसीको बारेमा मतऐक्यता नभएकाले अझै अनिश्चितको भूमरीमा छ एमसिसी ।

तर पनि आजबाट बहसमा नयाँ चरणको थालनी भएको छ । आईतबार सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे छलफल गर्न नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागि कार्यदल बनाएको हो । 

उक्त कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको जनाइएको छ । सर्बदलीय बैठकमा समेत कर्यादल बनाएको बारे सत्ताधारी दलले जानकारी गराएका थिए ।  कार्यदल पछि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।     

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा संसद्मा जारी गतिरोध अन्त्य गर्ने, संसद्मा विचाराधिन विषयलाई अगाडि बढाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो ।