१५ बैशाख, २०८१ शनिबार

12:29:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्वाधार विकासमा ११ करोड खर्च गर्दै शिवसताक्षी नगरपालिका, पर्यटन प्रर्वद्धनमा जोड

२१ चैत, २०७८

नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ ।

पूर्वाधार विकासमा ११ करोड खर्च गर्दै शिवसताक्षी नगरपालिका,  पर्यटन  प्रर्वद्धनमा जोड

झापा । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकीयस्थलका पूर्वाधार विकासमा  ११ करोड २३ लाखभन्दा बढी लगानी गरेको छ । पालिकाकै गौरवको आयोजनाका रुपमा सताक्षीधाम, दोमुखा, चिल्लागढ, डुडामारी सिमसारलगायत क्षेत्रको पूर्वाधार विकास गरेर वार्षिक लाखौँ पर्यटक भित्र्याउन सफल भएको हो । 

नगरले कृत्रिम पर्यटकीय क्षेत्र निर्माणमा भन्दा पौराणिक र ऐतिहासिक स्थलको विकासमा विशेष ध्यान दिइएको नगरप्रमुख चन्द्र शेर्माले बताउनुभयो ।  उहाँका अनुसार अन्य क्षेत्रको तुलनामा दोमुखा पर्यटकीय क्षेत्रको विकासमा सबैभन्दा बढी ५ करोड ९१ लाख खर्च गरिएको छ । दोमुखामा स्विमिङ पुल, चिल्ड्रेन पार्क, कनकाई नदीमा तटबन्धनका लागि मात्र रु छ करोड ६१ लाख खर्च गरिएको थियो । 

सताक्षीधामको पूर्वाधार विकासका लागि डिपिआरमा मात्र  २० लाख खर्च भएको छ । यस क्षेत्रका विकासका लागि १ करोड ५६ लाख नगरकै खर्च भएकामा १ करोड १४ लाख केन्द्रीय सरकारको बजेटबाट निकास भएको थियो ।

नगरप्रमुख शेर्माले सो क्षेत्रका विकासका लागि नगरपालिकाको १ करोड ७५ लाख, केन्द्रीय सरकारको १० लाख, पर्यटन मन्त्रालयको १ करोड ३० लाख र प्रदेश सरकारको  ५० लाख र सडकको  ५० लाख खर्च भएको बताउनुभयो ।

यस क्षेत्रको पर्यटकीय पूर्वाधार विकाससँगै आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको र  आसपासका क्षेत्रमा व्यापार व्यवसायसमेत फस्टाएको उहाँको जिकिर थियो ।

यसैगरी पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामको पूर्वाधारमा २ करोड ६५ लाख खर्च भएको थियो । सो रकमबाट सडक बनाउने, सडकमा ब्लक ओछ्याउने, ड्रेन, जलकुण्ड निर्माणदेखि मन्दिर परिसरमा विभिन्न संरचना बनाइएको थियो । 

सताक्षीधामको पूर्वाधार विकासका लागि डिपिआरमा मात्र  २० लाख खर्च भएको छ । यस क्षेत्रका विकासका लागि १ करोड ५६ लाख नगरकै खर्च भएकामा १ करोड १४ लाख केन्द्रीय सरकारको बजेटबाट निकास भएको थियो । हाल यस क्षेत्रमा दैनिकजसो आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । पछिल्लो समय झापाका अन्य स्थानमा भन्दा यहाँ १२ महिना नै पिकनिक गर्न  आउने, विभिन्न धार्मिक तथा सङ्घसंस्थाहरुबाट भ्रमण गर्न आउनेको आकर्षणको कन्द्रविन्दु बनेको नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताउनुभयो ।

नगरको अर्को महत्वपूर्ण पर्यटकीय स्थल चिल्लागडको विकासका लागि  ८२ लाख खर्च गरिएको थियो । यसैगरी ८० बिघा जमिनमा फैलिएको डुडामारी सिमसार क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण र घेराबार गर्न १ करोड ८५ लाख खर्च गरिएको थियो  । 

उहाँले भन्नुभयो, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पु¥याउनका साथै  यसले नगरको अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यसकारण पनि हाम्रो पहिलो प्राथमिकता पर्यटकीय क्षेत्रको विकासमा रह्यो ।