७ मंसिर, २०८१ शुक्रबार
12:28:05 AM
२० चैत, २०७८
चार वर्षअघि त्यहाँ लगाइएको चियाको मुना टिप्न योग्य भएको छ । चियाखेती प्रवद्र्धन गरिरहेको रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले सुरुको वर्ष लगाइएको चिया वैशाखमा टिप्ने तयारी भएको बताउनुभयो
बागलुङ,
बागलुङ माटोमा चियाखेती हुन थालेको धेरै भएको छैन । पाँच वर्षअघि पहिलोपटक ताराखोला गाउँपालिका–१ अमरभूमिमा ‘गोल्डेन टी स्टेट’ कम्पनीले चियाखेती सुरु गरेको थियो ।
अरु केही ठाउँमा चियाखेती विस्तार भएको छ । अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठेखोला गाउँपालिका–७ रेशको तिङरिङ र बौरमा गरी ७६ रोपनी जग्गामा अहिले चिया फस्टाइरहेको छ ।
त्यसयता अरु केही ठाउँमा चियाखेती विस्तार भएको छ । अमर भूमिपछि धेरै चिया लगाइएको ठाउँ हो काठेखोला गाउँपालिका–७ रेशको तिङरिङ र बौरमा गरी ७६ रोपनी जग्गामा अहिले चिया फस्टाइरहेको छ ।
चार वर्षअघि त्यहाँ लगाइएको चियाको मुना टिप्न योग्य भएको छ । चियाखेती प्रवद्र्धन गरिरहेको रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले सुरुको वर्ष लगाइएको चिया वैशाखमा टिप्ने तयारी भएको बताउनुभयो ।
“सानो क्षमताको प्रशोधन यन्त्र ल्याउँदैछौँ, अब चियाको व्यावसायिक उत्पादन र बिक्री सुरु हुन्छ”, उहाँले भन्नुभयो, “चियाको नर्सरी पनि यहीँ तयार गर्दैछौँ, तीन लाख बिरुवा उत्पादन गर्ने लक्ष्य छ ।”
तिङरिङमा दुई र बौरमा दुई गरी अहिले चार ‘प्लट’मा चियाखेती छ । बौरको सार्वजनिक जग्गा हो भने तिङरिङको जग्गा विद्यालयको ।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले विद्यालयको ३७ रोपनी जग्गामा चियाखेती गरिएको बताउनुभयो ।
“चार वर्षअघि लगाएको चियाले अब उत्पादन दिने चरणमा छ, विद्यालयको थप ६७ रोपनी जग्गामा चियाखेती विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो । चियामा मलको जोहोदेखि, गोडमेल र रेखदेखमा विद्यालयका शिक्षक र विद्यार्थीसम्म खट्छन् ।
विद्यार्थीले चिया बगानमा अभ्यासमूलक सिकाइको मौका पनि पाएका छन् । वडाध्यक्ष प्रेम लामिछानेले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमको बजेट चियाखेतीमा लगाइएको बताउनुभयो ।
उहाँकाअनुसार हालसम्म रु ५० लाखभन्दा बढी चियाखेतीमा खर्च भएको छ ।