३१ बैशाख, २०८१ सोमबार

07:21:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सडक विस्तारको काम हुने निर्णयसँगै धर्ना स्थगित

Nepal Business

४ पुस, २०७८

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताउनुभयो ।

सडक विस्तारको काम हुने निर्णयसँगै धर्ना स्थगित


काठमाण्डौं, पुस ४
सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित भई धर्ना दिएका थिए  । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढाउनु पर्ने स्थानीयहरुको माग थियो । 
 आइतवार सडक विस्तारको काम अगाडि बढ्ने निर्णय गरेसँगै धर्नाको कार्यक्रम स्थगित गरिएको छ । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आइतवारदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिनुभयो ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताउनुभयो ।

समितिले केही दिनदेखी नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा सडक विस्तारका लागि ध्यानाकर्षण गराएको थियो ।