७ मंसिर, २०८१ शुक्रबार

01:39:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजनीतिलाई आर्थिक नाफाको विषय बनाउनहरुले देश बनाउन सक्दैनन्ः अध्यक्ष ओली

२० चैत, २०७८

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन अध्यक्ष केपी ओलीको आग्रह

राजनीतिलाई आर्थिक नाफाको विषय बनाउनहरुले देश बनाउन सक्दैनन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गर्नुभएको छ ।

एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा  जनताको सेवाका लागि समर्पित हुन आह्वान गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताउनुभयो ।

अध्यक्ष ओलीले आशन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गर्नुभएको थियो ।