२१ माघ, २०८१ सोमबार

11:50:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी वैशाख १७ गतेका लागि तोकियो भन्सार एजेन्टको परीक्षा मिति

२० चैत, २०७८

विभागले आगामी वैशाख १७ गते शनिबार दिउँसो २ बजेका लागि परीक्षा तय गरेको छ ।

आगामी वैशाख १७ गतेका लागि तोकियो भन्सार एजेन्टको परीक्षा मिति

काठमाण्डौं । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा मिति सार्वजनिक गरेको छ । विभागले आगामी वैशाख १७ गते शनिबार दिउँसो २ बजेका लागि परीक्षा तय गरेको छ ।    

उच्च अदालत पाटनले फागुन २६ गतेको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने मिति तोक्दै विभागले सुचना जारी गरेको छ । 

गत फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो ।

चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने बाटो खुलेको थियो ।

यो सँगै पटक पटक गरी विभागले ४ पटकसम्म परीक्षा मिति सार्वजनिक गरिसकेको छ ।