२१ माघ, २०८१ सोमबार

11:45:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा पहिलो पटक सीइओ सम्मेलन हुँदै, ३०० सीईओको सहभागिता रहने

२० चैत, २०७८

विभिन्न फरक फरक सात वटा विधालाई समेटेर उक्त सम्मेलन गर्न लागेको संघका अध्यक्ष किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 नेपालमा पहिलो पटक सीइओ सम्मेलन हुँदै, ३०० सीईओको सहभागिता रहने

काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा पहिलो पटक सीइओ सम्मेलन २०२२ हुने भएको छ । होटेल याक एन्ड यतीमा यही चैत २५ गते सीईओ सम्मेलन र २६ गते राष्ट्रिय व्यवस्थापन अवार्ड कार्यक्रम गर्न लागिएको संघले जनाएको छ । विभिन्न फरक फरक सात वटा विधालाई समेटेर उक्त सम्मेलन गर्न लागेको संघका अध्यक्ष एवम राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

संघले बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलन गर्न लागेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।   विभिन्न क्षेत्रमा क्रियाशील सीईओको फरक फरक अनुभवलाई आदानप्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको संघकी कोषाध्यक्ष अनु जोशी श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा विभिन्न क्षेत्रमा कार्यरत झण्डै ३०० सीईओको सहभागि रहने छ । सम्मेलनमा सातवटा फरक–फरक क्षेत्रमा सञ्चालन हुने हरेक सेसनमा चारजना वक्ता र एकजना सहजकर्ता सहित ३५ जना विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने संघले जनाएको छ ।

संघले चैत २६ गते राष्ट्रिय व्यवस्थापन महाधिवेशन तथा राष्ट्रिय व्यवस्थापन पुरस्कार समारोहको आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।