२१ माघ, २०८१ सोमबार

12:02:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम शुरु

Nepal Business

२० चैत, २०७८

नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम शुरु

काठमाण्डौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य तालिक आइतबारबाट शुरु भएको छ । 

नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् । 

आइतबार  ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्, काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत बताएको छ । 

विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले विगत बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ ।