७ जेठ, २०८१ सोमबार

11:57:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्ता गठबन्धन दलको बैठक सकियो, बालुवाटारमा सर्वदलीय बैठक शुरु

Nepal Business

४ पुस, २०७८

सत्ता गठबन्धन दलको बैठक सकियो, बालुवाटारमा सर्वदलीय बैठक शुरु


काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा शुरु भएको छ । सत्ता गठबन्धन दलको बैठक सकिएलगत्तै केहीबेर अघिबाट सर्वदखलीप्य बैठक शुरु भएको हो ।

सत्ता गठबन्धन दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । सत्ता गठबन्धन दलले सर्वदलीय बैठकमा राख्ने एजेण्डाको बारेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ । अहिले जारी सर्वदलीय बैठकमा  संसद अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा संसदमा सहभागी ९ दललाई बोलाइएको छ । यद्यपि नेकपा एमालेले भने बैठकमा सहभागि नहुने जनाइएको छ ।