२१ माघ, २०८१ सोमबार
11:34:57 AM
१८ चैत, २०७८
समाजमा आतङ्क फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ
सुनसरी,
सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा बम विस्फोट गराइएको आरोपमा चार जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी–२ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरेर केही दिन अगाडि इटहरीमा बम विस्फोटको घटनामा संलग्न आरोपीलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषद्का मुख्य नाइके खगेन्द्र खरेल, इटहरी–२ का ३२ वर्षीया आशा ठकुरी भन्ने लक्ष्मी देवी थापा रहेका छन् । बीस वर्षीय रवीन थापा, झापा कन्काइ नगरपालिका–८ लक्ष्मीपुरका ४३ वर्षीय खगेन्द्र खरेल र शेरजङ गुरुङ रहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
यहीँ चैत १४ गते इटहरी–२ नवजागृति टोलका अमित श्रेष्ठको घरमा उनीहरूको समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला अदालत सुनसरीबाट बम विस्फोटन र सङ्गठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
समाजमा आतङ्क फैलाउने उद्देश्यले उनीहरूले विस्फोट गराएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।