१० मंसिर, २०८१ सोमबार

06:30:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासन गृहमन्त्रीले सम्हाल्ने

१८ चैत, २०७८

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासन गृहमन्त्रीले सम्हाल्ने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति शुत्रबार अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोक्नुभएको छ । 

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।