१० मंसिर, २०८१ सोमबार
06:15:00 AM
१८ चैत, २०७८
उहाँकोे यो पाँचौ पटक प्रधानमन्त्री हुँदाको पहिलो भ्रमण हो ।
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणमा शुक्रबार नयाँदिल्ली जाँदै हुनुहुन्छ । उहाँकोे यो पाँचौ पटक प्रधानमन्त्री हुँदाको पहिलो भ्रमण हो । यस क्रममा प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोड्नु भएको छ ।
पहिलो– हरेक पटक नेपालको प्रधानमन्त्री भारतको औपचारिक भ्रमणमा जानु अगि पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरिने गरिन्थ्यो । छलफलबाट भ्रमणलाई कसरी उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने विषयमा पूर्व प्रधानमन्त्रीहरुको राय सुझाव लिइने परम्परा थियो । यो पटक देउवाले छलफल कार्यक्रम नै नराखि परम्परालाई तोड्नु भएको छ ।
दोस्रो– यस पटक प्रधानमन्त्री देउवा भारतीय राजनीतिक दलको पार्टी कार्यलय जाँदै हुनुहुन्छ । उहाँ भारतीय जनता पार्टी (भाजपा) को पार्टी कार्यलयमा जानु हुनेछ । प्रधानमन्त्री स्तरीय भ्रमणमा कुनै दलको पार्टी कार्यलयमा जानु कूटनीतिक मर्यादा विपरित मानिन्छ । तर यस पटक प्रधानमन्त्री शेरबहादुर देउवाले चलिआएको परम्परालाई तोड्नु भएको छ ।
तेस्रो– घोडेजात्रा राष्ट्रपति र प्रधानमन्त्री दुवैको उपस्थितिमा अवलोकन गरिने परम्परा वषौंदेखि रहि आएको थियो । तर, यस पटक प्रधानमन्त्री देउवा घोडेजात्रा कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ ।