१ जेठ, २०८१ मंगलबार

07:37:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कावासोतीमा प्रथम नवलपुर महोत्सव हुने

४ पुस, २०७८

महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने सङ्घकाअध्यक्ष सन्तोष रानाले जानकारी दिनुभयो ।

कावासोतीमा प्रथम नवलपुर महोत्सव हुने

 

काठमाण्डौं, पुस ४

नवलपरासीको कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ ।   पुस ८ देखि १७ गतेसम्म महोत्सव चल्ने  होटल व्यवसायी सङ्घ नवलपुरले जनाएको छ । 

महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने सङ्घकाअध्यक्ष सन्तोष रानाले जानकारी दिनुभयो । 

कावासोती स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल  निर्माण भैरहेको छ जसमा २०० प्रदर्शनी कक्ष रहने छन् । महोत्सवको तयारीलाई भव्य र सव्य बनाउन स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा माइकिङ गर्नेदेखि ब्यानर, स्वागतद्वार निर्माणसहितका काम अगाडि बढाइएको छ ।

महोत्सवमा आकर्षणका रुपमा प्याराग्लाडिङ राखिने भएको छ । प्याराग्लाइडिङ गर्न इच्छुक व्यक्तिलाई कावासोतीको बालुवा डाँडामा लगेर प्याराग्लाइडिङ गराइनेछ । बालुवा डाँडाबाट गराइने प्याराग्लाइडिङमा एक जना व्यक्तिले करिब २५ मिनेट समय बिताउने बताइएको छ । दैनिक १० देखि ३५ वटासम्म प्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि पाँच जना पाइलटसमेत निश्चित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम छन् ।

जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खाना महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने आयोजक जनाएको छ । जनजातिको खाना तथा संस्कृति संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो ।