२४ बैशाख, २०८१ सोमबार

03:54:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री शेरबहादुर देउवाबाट युवा उद्यमी सुदीप आचार्य सम्मानित

१७ चैत, २०७८

आचार्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान प्रदान गर्नुभएको हो

प्रधानमन्त्री शेरबहादुर देउवाबाट युवा उद्यमी सुदीप आचार्य सम्मानित

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 
रिपोटर्स क्लबले आज विहिबार आफ्नो २४औं बार्षिकोत्सवका अबसरमा डिस होमका प्रबन्ध सञ्चालक सुदीप आचार्यलाई  सम्मान गरेको छ ।

नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको क्लबले जनाएको छ ।

आचार्यलाई  प्रधानमन्त्री शेरबहादुर देउवाले कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको हो । नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको क्लबले जनाएको छ ।

‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील सबैभन्दा सफल र ठूलो कम्पनी डिसहोम मिडिया नेटवर्कको कुशल नेतृत्व गरेबापत तपाईंलाई रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ, सम्मानपत्रमा उल्लेख छ । 

बैंकिङ क्षेत्र, हाइड्रो, सूचना प्रविधिलगायत क्षेत्रमा आचार्यको विशेष योगदान रहेको छ ।  

उक्त बार्षिकोत्सवका अबसरमा पत्रकारलगायत अन्य विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।