६ बैशाख, २०८२ शनिबार
09:43:41 AM
१७ चैत, २०७८
महोत्सवको उद्घाटनका दिन आज विहिबार नुवाकोटको तारुकामा परम्परागत रुपमा मनाइने गोरु जुधाई पर्वको विषयमा पुरु लम्सालले निर्देशन गर्नुभएको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो
नेपाल विजनेश मसाचारदाता,
काठमाडौँ,
काठमाडौँमा आज विहिबारदेखि विश्वभरका कथाहरुको उत्सव अर्थात नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु भएको छ ।
पाँच दिनसम्म चल्ने महोत्सवमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
महोत्सवको नारा ‘विश्वभरका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा ३८ मुलुकका ८९ चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
महोत्सवको उद्घाटनका दिन आज विहिबार नुवाकोटको तारुकामा परम्परागत रुपमा मनाइने गोरु जुधाई पर्वको विषयमा पुरु लम्सालले निर्देशन गर्नुभएको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो ।
पाँच दिनसम्म चल्ने महोत्सव यसपाली पाँचौँ संस्करण हो । छनोट भएका चलचित्र राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा प्रदर्शन गरिनेछ ।
महोत्वसमा चौथो संस्करण कोरोनाका कारण भर्चुअल रुपमा गरिएकोमा यसपाली भने भौतिक उपस्थिति मै गर्न पाइएको भन्दै महोत्सव संयोजक यादव भट्टराईले खुसी व्यक्त गर्नुभयो ।
उहाँले यस कार्यक्रमले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने र विदेशी चलचित्रबाट नेपाली कलाकारले त्रान हासिल गर्ने बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रबीच ७ विधामा प्रतिष्पर्धा समेत हुने जनाइएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहआयोजकका रुपमा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड र काठमाडौँ महानगरपाकिला रहेको छ।
म्होत्सव उद्घाटन समारोहमा बोल्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमले चलचित्र क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
च्लचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्टेजमा जति नै बोले पनि नेपाली चलचित्र कमजोर रहेको स्वीकार गर्दै नीतिगत रुपमा केही समस्या रहेको औँल्याउनुभयो ।
उहाँले चलचित्रको विकायमा बोर्ड सक्रिय भएर लागेको र हातेमालो गर्न कलाकार, निर्माता तथा निर्देशकसँग आग्रह गर्नुभयो ।