७ मंसिर, २०८१ शुक्रबार

12:35:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गहुँ छोडेर आलुबाट तेब्बर आम्दानी लिँदै डडेल्धुराका किसान

Nepal Business

१७ चैत, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका किसान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लाभान्वित भएका छन् ।

गहुँ छोडेर आलुबाट तेब्बर आम्दानी लिँदै डडेल्धुराका किसान

डडेलधुरा,

‘फाँट र साथ दिनुस्, आलु र आम्दानी लिनुस्’ नारामा समाहित हुँदै डडेल्धुरा जिल्लाका किसानले गहुँ छोडेर आलु लगाउन थालेपछि उत्पादन तेब्बर बढीले वृद्धि भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ लगाएर पर्याप्त उत्पादन नहुने किसानका लागि आलु सुपर जोन कार्यक्रममार्फत् तेब्बर उत्पादन दिलाएको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ लगाएर पर्याप्त उत्पादन नहुने किसानका लागि आलु सुपर जोन कार्यक्रममार्फत् तेब्बर उत्पादन दिलाएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका किसान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लाभान्वित भएका छन् ।

  अजयमेरु गाउँपालिका–३ नौलाकोटका किसान करुणाकर पनेरुले गहँु मासेर मनग्य आम्दानी हुने आलु लगाउनुभएको छ । गहुँभन्दा आलु बढी उत्पादन हुने, नभएमा परियोजनाको जिल्ला व्यवस्थापन एकाइले क्षतिपूर्ति दिने सहमति भएपछि छरेको गहुँ उखेलेर भैँसीलाई खुवाइ किसान आलुखेतीमा आकर्षित भएका हुन् ।

यसरी लगाइएको आलु जङ्गली जनावरले खान थालेपछि परियोजनाको आर्थिक सहयोगमा नौलाकोटको आलु लगाएको एक हजार ४०० मिटर क्षेत्रफललाई तारबारले घेरिएको छ । 

नौलाकोट कृषक समूहका सचिव भोजराज पनेरु आफू आलु सुपर जोन समन्वय समितिको सदस्य निर्वाचित भएपछि कार्यालयमा गएर आलुखेतीमा लाग्ने भन्दै सहयोग माग गरेको सुनाउनुहुन्छ । नवदुर्गा, गन्यापधुरालगायत गाउँपालिकामा गएर कृषिसमूहमार्फत् भएका खालुखेतीको अध्ययनसमेत गरेको उहाँले सुनाउनुभयो । 

नौलाकोटमा ६ हेक्टर जमिनमा १२० क्विन्टल आलु लगाइएको छ । तारबार भत्किएको स्थानमा बँदेलले चारपटकसम्म छिरेर आलु खाएर दुःख दिएको किसानको गुनासो छ ।

 आलुखेतीका लागि किसानलाई सिँचाइको समेत राम्रो सुविधा हुन सकेको छैन । सुपर जोनसँग सिञ्चाइ सुविधाका लागि किसानले माग गरिरहेका छन् । 

पोखरीमात्र निर्माण गर्ने स्रोत जुटाउनसके पनि पाइपबाट आलुखेती गरिएको स्थानमा सिँचाइ गर्न सकिने भन्दै किसानले सहयोग माग गरिरहेका हुन् ।