२२ बैशाख, २०८१ शनिबार

10:57:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित

१७ चैत, २०७८

आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित

काठमाण्डौं–साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो ।

तीन खण्ड बनाएर प्रकाशित भएको पुस्तकमा कविता, चिन्तन र दर्शन छन् । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविताहरु संलग्न छन् । ती कविताहरुलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ ।

दोस्रो खण्डमा मानव र जगतलाई लिएर चिन्तन गरिएका ३६ कवितात्मक रचनाहरु छन् । 

तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका ३३ रचनाहरु छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।

साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भन्नुभएको छ । मानव जीवन धरतीमा बाँचेपनि उभित्र आकाश, घाम, जून र ताराहरु उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ ।

कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकोले सोही प्रभावमा आर. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको दावी छ । 

मूलतः नेपाल भाषाका लेखक आर. मानन्धर पाँच वर्षअघि ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको पुस्तक लिएर नेपाली साहित्य क्षेत्रमा देखा पर्नुभएको हो । 

‘क्षितिजको स्पर्श’ मानन्धरको दोस्रो नेपाली भाषाको कृति हो । नेपालभाषा र अँग्रेजीमा पनि उहाँका कृतिहरु प्रकाशित भइसकेका छन् ।