१ मंसिर, २०८१ शनिबार
08:40:38 AM
१७ चैत, २०७८
आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म किसानका घर दैलोमा पुगेर गणना गरिने ।
मकवानपुर । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने कृषि क्षेत्रको गणना गरिने भएको छ । हेटौँडास्थित बागमती प्रदेश कृषि गणना कार्यालयद्वारा बुधबार हेटौडामा आयोजित जिल्लास्तरीय कृषि गणना सचेतना गोष्ठीमा मुलुकको आर्थिक विकासका लागि योजना तथा नीति बनाउन कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले सम्बन्धित निकायबाट सही एवं विश्वासिलो आधार उपलब्ध गराउनका लागि सो आग्रह गरिएको हो ।
आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म किसानका घर दैलोमा पुगेर गणना गरिने भएकाले त्यसका लागि आवश्यक प्रचारप्रसार र जनचेतना जगाउन पनि जोड दिइएको छ । विसं २०१८देखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएकोे छ । सतहत्तरवटा जिल्लाका ७५३ स्थानीय तहअन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा छनोट गरिएका प्रतिनिधिले वडा वडाका किसानसँग भेटी कृषिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने कृषि गणना अधिकृत राजेश दासले जानकरी दिनुभयो ।
सचेतना गोष्ठीमा कृषि गणना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यसबाट प्राप्त तथ्याङ्कको आधारमा सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकासमा सहयोग हुने बताउनुभयो ।
विसं २०१८देखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएकोे छ । सतहत्तरवटा जिल्लाका ७५३ स्थानीय तहअन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा छनोट गरिएका प्रतिनिधिले वडा वडाका किसानसँग भेटी कृषिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने कृषि गणना अधिकृत राजेश दासले जानकरी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले नेपालको कृषिलाई व्यवसायमा आधारित र निर्यातमुखी बनाउन समग्र कृषि क्षेत्रको तथ्यांक सङ्कलन आवश्यक रहेको र त्यसबाट कृषिको अवस्था थाहा हुने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नेपालको बहुसङ्ख्यक जनता कृषि पेशामा लागेकाले सही तथ्याङ्कका लागि अनुगमनको प्रभावकारितामा जोड दिनुभयो ।
यस पटकको कृषि गणनामा घरपरिवार र समुदायमा आधारित कृषिका अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागतरुपबाट सञ्चालिन व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने बताइएको छ ।
चैत १ गतेदेखि हेटौडामा बागमती प्रदेश कृषि गणना कार्यालय स्थापना भई गणनाको कार्य थालिएको छ ।