२२ बैशाख, २०८१ शनिबार

03:41:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सौराहाको लायन्स डेनमा गायिका सुवानीको साथमा चैत १८ गते म्युजिक धमाका

Nepal Business

१७ चैत, २०७८

सौराहाको लायन्स डेनमा गायिका सुवानीको साथमा चैत १८ गते म्युजिक धमाका

नेपाल विजनेश समाचारदाता 

सौराहा, 
चितवनको सौराहामा रहेको लायन्स डेन नाइट क्लब (पव तथा म्युजिक बार) मा यही चैत १८ गते (भोलि शुक्रबार) चर्चित गायिका सुवानी मोक्तानको साथमा म्युजिक धमाका हुने भएको छ ।

उहाँको समुधुर स्वरमा लाईभ कन्सर्ट आयोजना गरिएको छ । उहाँ नेपाल आइडल सिजन चारका निर्णायक पनि हुनुहुन्छ ।

उहाँको समुधुर स्वरमा लाईभ कन्सर्ट आयोजना गरिएको छ । उहाँ नेपाल आइडल सिजन चारका निर्णायक पनि हुनुहुन्छ ।

पजेटिभ इभेन्ट्सले उक्त कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रमको तयारी पुरा भएको लायन्स डेनका सञ्चालक शीरलाल परियारले जानकारी दिनुभयो ।

लायन्स डेन नेपाल कै उत्कृष्टमा पर्ने पव तथा म्युजिक बार हो । उक्त सुविधायुक्त म्युजिक बार चितवनको पहिलो हो ।

गायिका मोक्तानले एक भिडियो नै सार्वजनकि गरी यही १८ गते शुक्रबार लायन्स डेनमा प्रस्तुति दिन आउन लागेको जानकारी गराउँदै सौराहा वरिपरिका दर्शकरश्रोतालाई सहभागिताका लागि आव्हान गर्नुभएको छ ।

लायन्स डेन नेपाल कै उत्कृष्टमा पर्ने पव तथा म्युजिक बार हो । उक्त सुविधायुक्त म्युजिक बार चितवनको पहिलो हो ।

कोरोना महामारीका कारण विगत केही वर्षदेखि नेपालका समग्र पर्यटन व्यवसाय जस्तै उक्त बार पनि बन्द रहेकोमा कोरोना हटेसँगै सञ्चालनमा ल्याइएको हो ।

सौराहामा विस्तारै पर्यटकको आगमन वृद्धि भइरहेको परियारले जानकारी दिनुभयो ।

गीत संगितमा रमाउने पर्यटकको आगमनसमेत बढेकाले उहाँहरुलाई मनोरञ्जन दिनका लागि लायन्स डेनमा पुन सञ्चालन गरिएको हो ।