१ मंसिर, २०८१ शनिबार

09:32:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७५ लाखको लागतमा ऐतिहासिक कालीका मन्दिरको पुननिर्माण सम्पन्न (भिडियोसहित)

Nepal Business

१६ चैत, २०७८

७५ लाखको लागतमा ऐतिहासिक कालीका मन्दिरको पुननिर्माण सम्पन्न (भिडियोसहित)

काठमाण्डौं–विनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५, कानपुरस्थित ऐतिहासिक प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पूरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नुभएको हो । 

वि.सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षणले राष्ट्रिय आत्मविश्वास बलियो हुने धारणा राख्नुभयो । 

वि.स २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको राष्ट्रपतिले बताउनुभयो ।