७ मंसिर, २०८१ शुक्रबार
12:55:52 PM
१६ चैत, २०७८
काठमाण्डौं–वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भन्ने बिषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताउनुभएको छ ।
बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै चूनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यस बिषयमा राष्ट्रिय भेलाले निर्णय लिने बताउनुभएको हो ।
उहाँले पार्टी एकिकरण बारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको बताउनुभयो ।
चुनावमा मात्रै जानेलाई राजनीति नभनिने भन्दै उहाँले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाम मध्ये पर्ने धारणा राख्नुभयो ।