१० मंसिर, २०८१ सोमबार

03:48:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी बजेटले अर्थव्यवस्थालाई नयाँ रुप दिने, के के समेटिदैछन् नयाँ विषयवस्तुमा ?

१६ चैत, २०७८

किसानले आफ्नै खेतबारीमा बजेट पसेको महसुस गरून् भन्ने आफूले चाहेको भन्दै उहाँले व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेकोमा खुसी मनाउन पाउन् भन्नु भयो ।

आगामी बजेटले अर्थव्यवस्थालाई नयाँ रुप दिने,  के के समेटिदैछन् नयाँ विषयवस्तुमा ?

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले अर्थव्यवस्थालाई नयाँ रुप दिने बताउनु भएको छ । 

नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । हाल अर्थतन्त्रका विषयमा विभिन्न कोणबाट समस्या भैरहेको छ यसलाई सम्बोधन गर्दै आगामी बजेटले अर्थव्यवस्थालाई नयाँ रुप दिनु उहाँले दावी गर्नु भयो । 

कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उहाँको भनाइ छ ।

किसानले आफ्नै  खेतबारीमा बजेट पसेको महसुस गरून् भन्ने आफूले चाहेको भन्दै उहाँले व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेकोमा  खुसी मनाउन पाउन् । उहाँले बजेट सबैको अपनत्व हुने गरी निर्माण गरिने समेत बताउनु भयो।

कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने उहाँको भनाइ छ ।

चालु आवको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै  उहाँले आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताउनु भयो।

चालु आवको ८ महिनाससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो बर्षको भन्दा ८२.९० प्रतिशत बढी हो । उहाँले व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव समेत माग गर्नु भएको छ । 

उहाँले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको समेत बताउनु भयो।