२१ माघ, २०८१ सोमबार
02:03:05 PM
१६ चैत, २०७८
काठमाण्डौं–नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
काठमाण्डौंमा बुधबार महासंघले स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालेको हो ।
सिनामंगलबाट सुरु भएको प्रभातफेरी सञ्चारग्राम पुगेर समापन गरिएको थियो ।
स्थापना दिवसका अवसरमा महासंघको केन्द्रीय कार्यालयमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ ।