७ मंसिर, २०८१ शुक्रबार
12:53:18 PM
१६ चैत, २०७८
घोषणा पत्रमा समेट्नु पर्ने विषयवश्तु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुन्ने समय तय गरिएको छ
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा सबै पालिकाका अध्यक्षहरुसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।
दिउसो १ बजे देखि करिब ३ घण्टा स्थानीय निर्वाचनको पालिकास्तरको तयारी, घोषणा पत्रमा समेट्नु पर्ने विषयवश्तु आदिका बारेमा पालिका अध्यक्षहरुको सुझाव पनि अध्यक्ष ओलीले सुन्ने समय तय गरिएको छ ।
बुधबारको भर्चुअल बैठकमा स्थयी कमिटीका सदस्यहरु, घोषणा पत्र तयारी समितीका सदस्यहरु, पार्टीक जिल्ला अध्यक्ष र प्रदेश कमिटीका पदाधिकारी समेत सहभागी हुने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा समितीले तयार गरेको घोषणा पत्रको अवधारणा पूर्व अर्थमन्त्री युवराज खतिवडा र पुनर्निमार्ण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशिल ज्ञवालीले प्रस्तुत गर्नुहुने छ ।