६ जेठ, २०८१ आइतबार

07:28:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चोभार सुख्खा बन्दरगाहमा भित्रिने सवारी साधनको रुट निर्धारण

Nepal Business

१५ चैत, २०७८

निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।

चोभार सुख्खा बन्दरगाहमा भित्रिने सवारी साधनको रुट निर्धारण

काठमाण्डौं । चाँडै नै सञ्चालनको तयारीमा रहेको काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा भित्रिने मालबाहक सवारी साधनको रुट निर्धारण गरिएको छ । 

भन्सार विभागले भारतर्फका पाँच प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग तोकेको हो । निर्धारित रुटअनुसार सबै सीमा क्षेत्रका नाकाबाट भित्रिने सवारी साधनहरु अनिवार्य रुपमा बल्खु आइपुगेर मात्रै सुख्खा बन्दरगाह प्रवेश गर्नु पर्नेछ ।

भन्सार विभागले भारतर्फका पाँच प्रमुख नाकाबाट आन्तरिक परिवहनको सुविधा अन्तर्गत स्थलमार्ग हुँदै सवारी साधन भित्रिने सडक मार्ग तोकेको हो ।

विभागले तय गरेको स्थलमार्गको रुटअनुसार मेची भन्सार कार्यालय कांकडभित्ताबाट काठमाडौं बन्दरगाहका लागि आउने मालबाहक सवारी साधन मेची, विर्तामोड, इटहरी, बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खु हुँदै सुख्खा बन्दरगाह पुग्नेछ 

यसैगरी विराटनगर भन्सार कार्यालय बुद्धनगर मोरङबाट छुटेको मालबाहक सवारी विराटनगर, दुहवी, इनरुवा बर्दिबास, पथलैया, हेटौंडा, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह सिर्सियाबाट छुटेको मालबाहक सवारी साधन सिर्सिया, परवानीपुर, पथलैया, हेटौंडा, नारयाणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।

यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीबाट छुट्ने मालबाहक गाडी बेलहीया, परासी, भुमही, बर्दघाट, नारयणगढ मुग्लिङ, नौबिसे, नागढुंगा थानकोट र कलंकी बल्खुहुँदै सुख्खा बन्दरगाह पुग्नेछ ।