१० मंसिर, २०८१ सोमबार

02:57:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्व तयारी नभएकोले बीआरआई सम्झौता हुन सकेन

Nepal Business

१५ चैत, २०७८

बीआरआईबारे पूर्व तयारी नपुगेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले स्वीकार गर्नु भएको हो ।

पूर्व तयारी नभएकोले बीआरआई सम्झौता हुन सकेन

काठमाण्डौं । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्रीको भ्रमणको क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताका लागि  पूर्वतयारी नपुगेको बताएको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण सर्ट नोटिसमा भएकाले बीआरआईबारे पूर्व तयारी नपुगेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले स्वीकार गर्नु भएको हो।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले बीआरआईमा नेपालले हस्ताक्षर गरेर अगाडि बढाउन तयार नै रहेको बताउनु भयो । तर विदेशमन्त्री वाङ यीको भ्रमण सर्ट नोटिसमा भएकाले सहमतिका लागि चाहिने पूर्व तयारी नपुगेको उहाँको भनाइ छ।

प्रवक्ता सेवा लम्सालले भ्रमण पनि सर्ट नोटिसमा भएको हुनाले तयारी नपुगेको हो, त्यसैले यसपालि सरकारले सम्झौता गरेर साइन गर्न नसकेको बताउनु भयो ।