२१ माघ, २०८१ सोमबार

01:53:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अध्यक्ष ओलीद्धारा ११ करोडको लागतमा निर्माण गरिएको भ्यूटावरको उद्घाटन

१५ चैत, २०७८

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाईमा रहेको भ्यू टावर १० तलाको रहेको छ।

अध्यक्ष ओलीद्धारा ११ करोडको लागतमा निर्माण गरिएको भ्यूटावरको उद्घाटन

वुटवल ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ११ करोड ५० लाख बढी लागतमा निर्माण गरिएको भ्यूटावर उद्घाटन गर्नुभएको छ ।

अध्यक्ष ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गर्नुभएको हो ।

 २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उहाँले उद्घाटन गर्नुभएको हो ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाईमा रहेको भ्यू टावर १० तलाको रहेको छ।

तिलोत्तमा नगरपालिका र शंकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण गरिएको उक्त भ्यूटावरमा पहिलो देखि छैठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।