२१ माघ, २०८१ सोमबार

01:50:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक लाख राशीको 'कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार नेपाललाई

Nepal Business

१३ चैत, २०७८

रु एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ

एक लाख राशीको 'कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार नेपाललाई

काठमाडौँ,

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ । 

रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो ।

रु एक लाख राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा यही चैत १७ गते प्रदान गर्ने छ । क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो ।

वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ । 

पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईको प्रेस सल्लाहकारका रुपमा समेत काम गर्नुभएको थियो । पत्रकार नेपालले मुलुकका  मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसक्नुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।