१६ बैशाख, २०८१ आइतबार

01:11:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झापामा धान जलेर नष्ट

Nepal Business

२ पुस, २०७८

आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको महतोले बनाउनु भयो ।

झापामा धान जलेर नष्ट


काठमाण्डौं, पुस २
राजन महतोले चार बिघामा फलाएको धान गए राती जलेर नष्ट भएको छ । काटेर थुप्रो बनाइराखेको धानमा गए राती आगलागी भएको थियो ।
झापाको गौरीगञ्ज गाउँपालिका-६ स्थित खजुरगाछीका महतोले काटेर राखेको धान आगलागीबाट जलेर नष्ट भएको छ । आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको महतोले बनाउनु भयो ।
गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएको र यसबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।