७ मंसिर, २०८१ शुक्रबार
05:58:36 AM
२ पुस, २०७८
तालिममा बागलुङका सबै पालिका तथा पर्वत र म्याग्दीका पाँचपाँच जना गरी ३० युवा किसान सहभागी छन् ।
काठमाण्डौं, पुस २
क्वालिटी रिन्युएबल इनर्जी प्रालीले इसिमोड र नेपाल कम्युनिटर नामक संस्थाको आर्थिक सहयोग तथा कृषि ज्ञानकेन्द्रको प्राविधिक सहयोगमा कृषि यान्त्रिकरण तथा नविकरणीय ऊर्जा तालिम शुरु गरेको छ । तालिम बागलुङ, पर्वत र म्याग्दीका किसानलाई दिइएको हो । यस तालिममा ३० युवा किसान सहभागी छन् ।
तालिममा बागलुङका सबै पालिका तथा पर्वत र म्याग्दीका पाँचपाँच जना गरी ३० युवा किसान सहभागी छन् ।
तालिममा दक्ष प्राविधिक प्रशिक्षकले तालिम दिने क्वालिटी रिन्युएबल इनर्जी प्रालीका सञ्चालक सूर्य गौतमले बताउनुभयो । ग्रामीण क्षेत्रमा वितरण भएका यान्त्रिक हलो मर्मतका लागि दक्ष प्राविधिक बनाउन यो तालिम आयोजना गरिएको हो ।
कृषि सम्बन्धि यस्ता प्रकारका तालिमले युवा रोजगार बढ्ने र गाउँगाउँमै प्राविधिक उत्पादन हुने जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । उहाँले सबै पालिकामा तालिम सञ्चालन गरेर वडा वडामा प्राविधिक बढाउनुपर्ने विषयमा जोड दिनु भयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले किसानलाई व्यावसायिक रूपले नै दक्ष बनाउने लक्ष्य लिइएको उल्लेख गर्दै हरेक वर्ष वितरण भएका हलो सदुपयोग हुनाका साथै राज्यको अनुदान पनि सदुपयोग गर्न तालिमले सघाउने बताउनुभया