२४ बैशाख, २०८१ सोमबार

09:08:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फाइभ–जी प्रसारका लागि ४ कम्पनी सर्टलिस्ट, को–को परे ?

Nepal Business

१३ चैत, २०७८

फाइभ–जी प्रसारका लागि ४ कम्पनी सर्टलिस्ट, को–को परे ?

काठमाण्डौं–नेपालमा फाइभ–जी कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै नेपाल दूरसंचार प्राधिकरणले प्रचार गर्न आवश्यक गुरुयोजनाको परामर्श सेवाका लागि चार कम्पनी छनोट गरेको छ। यसका लागि प्राधिकरणले चार वटा कम्पनी सर्टलिस्ट समेत गरेको हो ।

सर्टलिस्ट पर्नेमा टेलिग्लोब सोसुसन्स प्रालि र एम–टेल सोसुसन्स प्रालि जेभी, ट्यान्जेन्ट कन्सल्ट गु्रप प्रालि, इन्क्लुसिभ–एभरेष्ट जेभी र महारुद्र–एक्जुक्यूटिभ जेभी रहेका छन्। 

प्राधिकरणले गत पुस ९ गते बोपपत्र आह्वान गरेको थियो। सरकारले नेपाल टेलिकमलाई फाइभ–जी परीक्षणको अनुमतिसँगै फ्रिक्वेन्सी दिइसकेपनि अझै सुरु भएको छैन। 

देशका चार विभिन्न सहरहरूबाट फाइभ–जी परीक्षण गर्ने सरकारी योजना छ। काठमाडौंसँगै पोखरा, वीरगंज र विराटनगरबाट फाइभ–जी परीक्षणका लागि टेलिकमले अनुमति पाएको पाइसकेको छ।