२३ भदौ, २०८१ आइतबार

06:41:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ दिनमा ५ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

१३ चैत, २०७८

आइतबार भारतमा पेट्रोलको मूल्य प्रति लिटर भारु ५० पैसाले बढेको छ ।

६ दिनमा ५ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं ।
६ दिनमा भारतमा ५ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार भारतमा पेट्रोलको मूल्य  प्रति लिटर भारु ५० पैसाले बढेको छ । योसँगै अब भारतमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा पुगेको छ ।

त्यस्तै, डिजेल प्रति लिटर भारु ५५ पैसाले बढेको छ । योसँगै डिजेलको नयाँ मूल्य प्रति लिटर भारु ९० दशमलब ४२ पैसा पुगेको छ ।  यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ कायम रहेको थियो ।

पेट्रोल तथा डिजेलको मूल्य दर देशभर बढेको छ । पछिल्लो पटक भारतमा मार्च २२ मा मूल्य बृद्धि भएको थियो । यसअघि ४ पटक नै पेट्रोल तथा डिजेलमा प्रति लिटर ८० पैसा बढाइएको थियो ।