१० मंसिर, २०८१ सोमबार
04:46:40 PM
१२ चैत, २०७८
एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी
गुल्मी,
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गर्नुभयो ।
गुल्मीमा शनिबार एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको उल्लेख गर्नुभयो ।
गुल्मीको सन्दर्भमा उहाँले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिनुभयो ।