७ मंसिर, २०८१ शुक्रबार

01:20:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय एकता आजको आवश्यकताः प्रधानमन्त्री देउवा

Nepal Business

१२ चैत, २०७८

शेरबहादुर देउवाले संविधानको रक्षा र कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो ।

राष्ट्रिय एकता आजको आवश्यकताः प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ । 

विपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औँ वार्षिक साधारणसभालाई शनिबार सम्वोद्धन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि  राष्ट्रिय एकता आवश्यक रहेको बताउनु भयो ।  यस एकताको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले सबै नागरिलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा सरकार सफल भएको छ भन्नुभयो । उहाँले संविधानको रक्षा र कार्यान्वयनमा सहयोग गर्न सबै राजनीतिक दललाई आग्रह पनि गर्नुभयो । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न स्थानीय तहको निर्वाचनामा कांग्रेसले गठबन्धन बिना नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले देशमा पछिल्लो समय व्यापार घाटा बढिरहेकाले त्यसलाई कम गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 

अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा कम्तीमा पनि २० प्रतिशत बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै नेपालको चिकित्सा क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न सम्बन्धीत सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा अस्पतालमा उत्कृष्ठ सेवा प्रदान गर्ने विभिन्न विधाका कर्मचारीलाई सम्मान गरिएको थियो ।